अमेरिकाले साउदी अरेबियालाई करिब २ अर्ब डलरको हतियार बिक्री गर्दै
barnanmedia.com · Thu Jul 16 05:16:46 GMT 2026

अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ ।
स्वीकृत प्याकेजअन्तर्गत साउदी अरेबियाले २० हजारसम्म उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ (एपीकेडब्लुएस) र त्यससँग सम्बन्धित हतियार प्राप्त गर्नेछ । अमेरिकी नौसेनाका अनुसार यो प्रणालीले नजिकको युद्धमा अतिरिक्त क्षति कम गर्दै लक्ष्यमाथि प्रभावकारी आक्रमण गर्न सहयोग पुर्याउँछ । यस सम्झौताको प्रमुख ठेकेदार न्युजर्सीस्थित बीएई सिस्टम्स रहने विदेश मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)