कञ्चनपुरमा कुटपिटमा परेकी महिलाको मृत्यु, श्रीमान पक्राउ
shilapatra.com · Thu Jul 16 05:36:00 GMT 2026

कञ्चनपुरमा श्रीमानबाट कुटपिटमा परेकी महिलाको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमानको कुटपिटपछि उपचार गराएर घर फर्किएकी महिलाको भोलिपल्ट मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारमाथि कुटपिट गरेका थिए । घटनामा पारुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)