बेंगलुरुले लगातार दोस्रोपटक जित्यो आईपीएलको उपाधि
nepalviews.com · Mon Jun 01 00:31:31 GMT 2026
काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले स्तब्ध पार्दै बेंगलुरुले आफ्नो उपाधि रक्षा गरेको हो ।
यस जितसँगै बेंगलुरु आईपीएलको इतिहासमा लगातार दुई पटक उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किङ्स (२०१० र २०११) र मुम्बई इन्डियन्स (२०१९ र २०२०) ले मात्र यो सफलता हासिल गरेका थिए । लिग चरणमा समेत शीर्ष स्थानमा रहेको बेंगलुरुले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई नै हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)