भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
ratopati.com · Thu Jul 16 05:51:50 GMT 2026

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने बताएकाे छ । यस विषयमा विदेश विभागको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उपसहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताएका हुन् । उनले तोकिएका सर्तहरु भने मान्नुपर्ने चेतावनी दिएका छन् ।
मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिर आए पछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबिच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपूर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किँदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)