चर्चा बढ्यो ‘लौननी यस्तो भए म किन ?’
annapurnapost.com · Thu Jul 16 05:40:56 GMT 2026

काठमाडौं : लोकदोहोरी गायक तथा सर्जक सुरेश अञ्जनको नयाँ लोकदोहोरी गीत ‘लौननी यस्तो भए म किन ?’ले सार्वजनिक भएको दुई साता नबित्दै यु्युब च्यानलमा झन्डै ३० लाख दर्शकको माया बटुलेको छ। गीत हाल टिकटकमा समेत ‘ट्रेन्डिङ’ नम्बर १ मा पर्न सफल भएको निर्माण पक्षले जनाएको छ।
प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका विविध पक्षलाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतले श्रोताको मन छोएको प्रतिक्रियासमेत प्राप्त भइरहेको निर्माण पक्षको दाबी छ। गीतमा सुरेश अञ्जन र अञ्जिता विश्वकर्माको स्वर छ। शब्द तथा संगीत सुरेश अञ्जनकै रहेको गीतमा संगीत संयोजन शिवा कनौजे मगरले गरेका हुन्। बिमल छिनालको मिक्सिङ तथा मास्टरिङ, रोजित महर्जनको रेकर्डिङ रहेको गीतमा डाइनामिक स्टुडियोले प्राविधिक सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)