साउन महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, ६ बैंकले मात्र घटाए निक्षेप ब्याजदर
ajakoartha.com · Thu Jul 16 05:53:00 GMT 2026

काठमाडौं- साउन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेका छन् । १४ ओटा वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने ६ ओटा वाणिज्य बैंकहरूले घटाएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको लागि वाणिज्य बैंकहरूको औषत ब्याजदर ४.१७ प्रतिशत रहेको छ । असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औषत ब्याजदर ४.२६ प्रतिशत थियो। संस्थागत मुद्दतीको औषत ब्याजदर ३.१२ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)