नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
ajakoartha.com · Thu Jul 16 05:51:00 GMT 2026

काठमाडौं- चिकित्सा तथा नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक र बिरामी–केन्द्रित बनाउन नेपाल मेडिकल कलेजले अनुकरण (क्ष्mगबितष्यल) शिक्षण विधिलाई प्राथमिकता दिन थालेको छ । यही उद्देश्यका साथ नेपाल मेडिकल कलेजमा अध्ययनरत बीएससी नर्सिङ दोस्रो वर्ष (१३औँ ब्याच) का विद्यार्थीहरूका लागि ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिएको छ ।
लेक्चरर पूजा प्रकाशको निरीक्षण तथा सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा प्रि–हस्पिटल तथा आकस्मिक (भ्mभचनभलअथ) विभागमा बिरामीको अवस्था अनुसार गरिने ट्रायेज (त्चष्बनभ) प्रक्रिया, विभिन्न तहका नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका र आपसी समन्वयका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)