शेयर धितो कर्जामा नयाँ नियम: राम्रा कम्पनीकोमा ८० प्रतिशतसम्म ऋण पाइने, केही शर्त तोकिए
nepalpress.com · Thu Jul 16 05:53:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ प्रकृतिको शेयर सुरक्षण राखेर प्रवाह गरिने कर्जामा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले शेयर धितो राखेर पाइने ऋण (मार्जिन कर्जा) को सीमामा परिमार्जन गरेको हो ।
नयाँ व्यवस्था अनुसार राम्रा कम्पनीको शेयरमा अब ८० प्रतिशतसम्म कर्जा पाउन सकिनेछ । यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको शेयर धितो राख्दा बढीमा ७० प्रतिशत ऋण पाइने सामान्य नियम थियो । अब भने राम्रा कम्पनीहरूको शेयर धितो राखेर ऋण दिँदा पहिले तोकिएको ७० प्रतिशतको सीमामा थप १० प्रतिशत विन्दुसम्म बढाउन पाइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)