कांग्रेस सहसचिव राईद्वारा पार्टी परित्याग
gorkhapatraonline.com · Thu Jun 04 11:04:00 GMT 2026

नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । लामो समयदेखि कांग्रेसको विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएका राईले साधारण सदस्य समेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गर्नुभएको हो ।
विहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै उहाँले कांग्रेसभित्र रहँदा हासिल गरेका अनुभवप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय श्रम, उत्पादन र आत्म निर्भरतामुखी अवधारणासँग केन्द्रित हुने संकेत गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)