फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
ratopati.com · Thu Jul 16 06:00:39 GMT 2026

पोखरा । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ। लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको छ।
तालको मुहान क्षेत्रबाट बगेर आएको भलका कारण सिमसार र आसपासका खेतबारीहरू पूर्ण रूपमा जलमग्न भएका छन्। वर्षा थामिएपछि तालको सतह यति शान्त र कञ्चन देखिएको छ कि वरिपरिका पहाड र कुहिरोको प्रतिबिम्ब पानीमा स्पष्ट देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)