आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
himalpress.com · Mon Jun 01 00:55:22 GMT 2026
काठमाडौँ- रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्यांग्लोरले उपाधि रक्षा गरेको हो।
ब्यांग्लोरले पहिलो क्वालिफायरमा पनि गुजरातलाई ९२ रनले हराएको थियो। गुजरातले दिएको १५६ रनको लक्ष्य ब्यांग्लोर १२ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। बैग्लुरुका लागि विराट कोहली ७५ रनमा अविजित रहे। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। जितेश शर्मा ११ रनमा नटआउट रहे। टिम डेविडले २४ र कप्तान रजत पाटिदारले १५ रन थपे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)