सीमाबारे प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादमा
annapurnapost.com · Mon Jun 01 00:48:23 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह आइतबार एकाएक प्रतिनिधिसभामा उपस्थित भए। सभामुख डीपी अर्यालसँग बोल्न समय मागे। त्यसपछि सभामुख अर्यालले भने, ‘प्रधानमन्त्रीले हात उठाउनुभएकाले समय दिन्छु। प्रधानमन्त्रीलाई रोस्ट्रम प्रयोग गर्न अनुमति दिन्छु।’
अनि, प्रधानमन्त्री शाह संसद्को रोष्ट्रममा पुगे। र, भने, माननीय सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएकाले त्यसको निम्ति समय दिन अनुरोध गर्दछु।’ आफ्ना प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह एकाएक तयार भएकोमा सांसदहरू आश्चर्यचकित हुँदै प्रश्न सोध्न थाले। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमाबारे विवादित जवाफ दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)