उद्योगमन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता
onlinekhabar.com · Thu Jul 16 05:59:56 GMT 2026

३२ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
सचिवालयले पठाएको प्रेस नोटमा लेखिए अनुसार मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासमा पुर्याएको सहयोगको प्रशंसा गरेकी थिइन् । उनले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख पनि गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)