कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
baahrakhari.com · Thu Jul 16 06:15:47 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ ।
प्रदेश सरकारले यसअघि नै मन्त्रिपरिषद्बाट गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको हो । प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)