कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
ratopati.com · Thu Jul 16 06:27:24 GMT 2026

कङ्गो । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको जङ्गलमा बसोबास गर्ने, आकर्षक गुलाबी–सुन्तला रङको ओठ र कालो अनुहार भएको एउटा बाँदर विज्ञानका लागि नयाँ प्रजातिका रूपमा पुष्टि भएको छ। कालो भुत्ला भएको यो प्राणी देशको मध्यपूर्वमा अवस्थित लोमामी राष्ट्रिय निकुञ्जको घना उष्णकटिबंधीय जङ्गलको उच्च रूखको छहारीमा लुकेको अवस्थामा फेला परेको र तस्बिर खिचिएको हो।
त्यहाँ कार्यरत संरक्षणवादीहरूले पहिलो पटक सन् २००८ मा यो असामान्य देखिने जनावर देखेको रिपोर्ट गरेका थिए । तर त्यतिबेला उनीहरूले केवल एउटा धमिलो तस्बिर मात्र खिच्न सकेका थिए । त्यसको १० वर्षपछि अर्को पटक देखिएपछि एउटा अन्तर्राष्ट्रिय टोलीले यस बाँदरको खोजी र अध्ययन सुरु गरेको थियो, जसले यो पहिले अज्ञात रहेको प्रजाति भएको खुलासा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)