बाढी प्रभावित क्षेत्रका ड्रोन तस्बिर र भिडिओ एउटै प्रणालीमा संकलन गरिँदै, तथ्याङ्क पठाउन आग्रह
techpana.com · Sat Aug 29 06:44:32 GMT 2026

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका ड्रोन तस्बिर र भिडिओ एउटै प्रणालीमा संकलन गर्ने भएको छ । बाढी तथा विपदबाट प्रभावित क्षेत्रको अवस्थाबारे विभिन्न ड्रोन पाइलट, ड्रोन समूह, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा अन्य संस्थाले संकलन गरेका हवाई तस्बिर, भिडिओ, म्यापिङ र क्षतिको मूल्यांकनसम्बन्धी तथ्याङ्कलाई एउटै केन्द्रीय प्रणालीमा संकलन गर्ने योजना अघि बढाइएको सूचना तथा सञ्चारमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
विपद् प्रभावित क्षेत्रमा विभिन्न निकायले छुट्टाछुट्टै रूपमा संकलन गरिरहेका तथ्याङ्कलाई व्यवस्थित र उपयोगी बनाउने उद्देश्यले ‘ड्रोन र्यापिड रेस्पोन्स टिम’ को सेन्ट्रल डेटा डेस्क (DRRT Central Data Desk) मार्फत त्यस्ता सामग्री संकलन, प्रशोधन, प्रमाणीकरण तथा वर्गीकरण गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)