खोज र उद्धारमा होइन, प्राविधिक विषयमा विदेशी सहयोग चाहिएको छ : परराष्ट्रमन्त्री खनाल
lokaantar.com

परराष्ट्र मन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई सामान्य खोज तथा उद्धारका लागि नभई विशेषज्ञता र प्राविधिक क्षमता आवश्यक पर्ने विदेशी सहयोग चाहिएको बताएका छन् । रोयटर्ससँगको कुराकानी मा मन्त्री खनालले सुरुङभित्र फसेका मानिसको उद्धार, पुल भत्किएका स्थानमा यातायात तथा सञ्चार सेवा पुनः सञ्चालन, मृतकको पहिचान, डीएनए परीक्षण तथा शव लामो समयसम्म सुरक्षित राख्नेलगायतका क्षेत्रमा विदेशी सहयोग आवश्यक रहेको बताएका हुन् ।
'हामीलाई खोज तथा उद्धार कार्यका लागि सहयोग चाहिएको छैन, तर सुरुङमा फसेका मानिसहरूलाई निकाल्न, पुलहरू बगेका ठाउँमा यातायात र सञ्चार सम्पर्क सुचारु गर्न, शवहरूको पहिचान गर्न, डीएनए परीक्षण गर्न र शवहरूलाई लामो समयसम्म सुरक्षित राख्ने जस्ता प्राविधिक विषयमा विशेषज्ञ सेवा चाहिएको छ,' उनले रोयटर्ससँग भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)