बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग
barnanmedia.com · Sat Aug 29 06:45:25 GMT 2026

नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सङ्घका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । क्यानले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)