'त्यसैले उनी फुटबलका राजा'
neplays.com · Thu Jul 16 06:53:00 GMT 2026
काठमाडौं : चार वर्षअघि कतारको लुसेल स्टेडियममा विश्वकपको ट्रफी उचाल्दा धेरैलाई लागेको थियो- लियोनल मेस्सीको फुटबल यात्राले सुखद अन्त्य पायो । ३५ वर्षको उमेरमा आफ्नो अन्तिम विश्वकप भन्दै विश्वकप उचालेका मेस्सीको कथा त्यहीँ सकिएको अनुमान धेरैको थियो । तर, सन् २०२६ को विश्वकपमा ३९ वर्षको उमेर पुग्दा पनि मेस्सीको जादु कम भएको छैन, बरु उनले फेरि एकपटक प्रमाणित गरिदिएका छन् कि उनी किन फुटबलका 'राजा' हुन् ।
बिहीबार भएको तनावपूर्ण सेमिफाइनलमा इंग्ल्याण्डको सपना चकनाचुर पार्दै मेस्सीले अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्याएका छन् । २-१ को पुनरागमन जित निकाल्ने क्रममा अर्जेन्टिनाका लागि दुवै गोलको अवसर (असिस्ट) मेस्सीले नै सिर्जना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)