दमौली–भरतपुर प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
shilapatra.com · Thu Jul 16 06:50:00 GMT 2026

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ ।
त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत २६ वैशाखमा रुख कटानको अनुमति प्राप्त गरेको थियो । डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौताअनुसार रुख कटान, काठ संकलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)