राजश्व संकलनमा सुधार
ajakoartha.com · Thu Jul 16 07:05:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको छ । यो कुल लक्ष्यको करिब ८३ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार ३१ गतेसम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो । यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको कुल १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हुन आउँछ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१र८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको थियो । त्यसैले विगतको तुलनामा यस वर्ष राजश्व संकलनमा सुधार देखिएको छ । यस हिसाबले गत वर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ७.४० प्रतिशत अर्थात ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले वृद्धि भएको नियन्त्रक कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)