गाईजात्रामा झाँकीसहित नगर परिक्रमा (फोटो फिचर)
gorkhapatraonline.com · Sat Aug 29 06:51:22 GMT 2026

राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा सुरु गरिएको छ ।
यसरी निकालिएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ । गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)