सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
corporatenepal.com · Thu Jul 16 07:18:33 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८२/८३ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
बैंकको कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखाहरुबाट विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)