कवाड व्यवसायीको आत्मदाह प्रयास, ‘अदालत र गृह मन्त्रालयको आदेश हुँदा-हुँदै गाडी रोकियो’
kalakarmi.com · Thu Jul 16 07:36:32 GMT 2026

काठमाडौं- कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एक जना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र सर्बोच्च अदालतदेखि गृह मन्त्रालयसम्मको आदेशलाई अवज्ञा गरी धादिङ धुनिवेशी नगरपालिकाले गाडि रोकेको जनाएका छन् ।
राज्यका सबै निकायहरुमा गुहार्दा पनि कसैले नसुनेको भन्दै एकजना कवाड व्यवसायी मुकेश प्रसाद साहले बुधबार पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए । ‘स्क्रयाब हकहित फाउण्डेसन’को टोलीले तत्काल उद्दार गरेर अप्रिय घटना हुनबाट रोकेको फाउण्डेसनका अध्यक्ष सन्जय साहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)