सांसदलाई अब स्वकीय सचिव, मन्त्रिपरिषद्ले गर्यो निर्णय
himalpress.com · Thu Jul 16 08:02:27 GMT 2026

काठमाडौँ- संघीय संसद्का (सांसद) सदस्यहरूले स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै उक्त व्यवस्था गरिएको हो। उनले मन्त्रिपरिषद्को निर्णयपछि सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न सक्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)