सम्पत्ति छानबिन आयोगका काम सर्वोच्चबाट अर्को आदेश नभएसम्म रोकिने
baahrakhari.com · Thu Jul 16 08:01:31 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै काम–कारबाही रोकिने भएको छ । बुधबार (असार ३१)को अन्तरिम आदेशानुसार सबै काम तत्कालका निम्ति रोकिने भएको हो ।
सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले जारी गरेको अन्तरिम आदेश बिहीबार (असार ३२) सार्वजनिक भएको छ । अन्तरिम आदेशमा भनिएको छ, “यस अदालतको संयुक्त इजलासबाट २६ असार, २०८३ मा भएको आदेशको समग्रतामा व्यक्त भएको मर्म र भावनाको प्रतिकूल हुने गरी आयोगले २९ असारमा जारी गरेको सूचनाको दोस्रो खण्डमा उल्लेखित व्यहोरा कार्यान्वयन नगर्नू नगराउनू ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)