बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग
nagariknews.nagariknetwork.com · Sat Aug 29 06:48:47 GMT 2026

नेपाल क्रिकेट संघ(क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ।
क्यानका सचिव पारस खड्काले आज प्रेस विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संघका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। क्यानले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)