एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने
khabarhub.com · Sat Aug 29 06:59:09 GMT 2026

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ। शनिबारदेखि लागू हुने यो सेवाअन्तर्गत प्रभावित क्षेत्रमा ग्राहकले थप एक सातासम्म निःशुल्क सञ्चार सुविधा पाउनेछन्।
यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त अवधि शुक्रबार सकिँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)