सुदूरपश्चिममा बजेट पारित गर्न नेकपालाई फकाउँदै मुख्यमन्त्री
baahrakhari.com · Thu Jul 16 08:13:00 GMT 2026

धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग छलफल सुरु गरेका छन् । मुख्यमन्त्री शाहले असार १ गते ल्याएको बजेट पारित गर्ने विषयमा नेकपालाई मनाउन छलफल सुरु गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेकपाका दुई पूर्वमन्त्री मानबहादुर धामी र रमेश धामीसहित कांग्रेसका संसद पनि सहभागी छन् । सत्ता गठबन्धनमै रहेको एमालेले समेत बजेट पारित गर्न अस्वीकार गरेपछि सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)