प्रधानमन्त्रीसँग आङ्देम्बेको छलफल, के–के भयो कुराकानी ?
barnanmedia.com · Sat Aug 29 06:56:04 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् । बाढी प्रभावित क्षेत्रमा सडक पिच भए पनि लेदो र माटोका कारण यातायात ठप्प रहेको उनले बताए । तत्काल स्काभेटर प्रयोग गरेर लेदो पन्छाउन सके सवारी साधन र बेलिब्रिजका सामग्रीहरू सम्बन्धित स्थलसम्म पुर्याउन सहज हुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)