कैलालीमा जुवातास खलिरहेका ९ जना पक्राउ, एक लाख ७९ हजार बरामद
barnanmedia.com · Mon Jun 01 02:58:51 GMT 2026

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका–४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक(सई) लोकेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले आइतबार साँझ साढे ६ बजेतिर राजिपुरको बझाङ्गी टोलका जगत धामीको दुईतले पक्की घरमा छापा हानेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)