आन्दोलनको असरले घट्यो भाटभटेनीको व्यापार, आम्दानी २७ अर्बमा झर्यो
aarthiknews.com

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको आम्दानी गत आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) मा घटेर २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष कम्पनीले ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस आधारमा कम्पनीको आम्दानी एक वर्षमै करिब २० प्रतिशतले घटेको देखिन्छ।
कम्पनीले (२०८०-८१) सन् २०२४ मा ३० अर्ब ६२ करोड रुपैयाँ, सन् २०२३ मा २९ अर्ब ७९ करोड ४० लाख रुपैयाँ तथा सन् २०२२ मा २६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो। पछिल्ला केही वर्ष लगातार वृद्धि भएको व्यापार सन् २०२५ मा भने आन्दोलनका कारण प्रभावित भएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)