बैंक खातावालाले असोजभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्नुपर्ने
baahrakhari.com · Thu Jul 16 09:22:43 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आगामी असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्ना खातावालाहरूको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै बैंक खातामा राष्ट्रिय परिचयपत्र आबद्ध गर्न निर्देशन दिएको हो ।
यसअघि २०८१ माघ १ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको विवरण वा नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको थियो । हाल राष्ट्र बैंकले समयसीमा थप्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)