कुलमानले भनेः रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको अभिव्यक्ति सन्देहास्पद
nepalpress.com · Mon Jun 01 04:20:35 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु सन्देहास्पद भएको उनको टिप्पणी छ ।
‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको छ । यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)