सङ्खुवासभाको मांसिमा खानेपानी आयोजना पुनर्निर्माण
makalukhabar.com · Mon Jun 01 04:36:15 GMT 2026

किमाथाङ्का । जिल्ला सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ । रु छ करोड ४७ लाख ५६ हजार ६०० को लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो ।
खानेपानीको मुहान मांसिमा देखि खाँदबारीसम्मको ४२ किलोमिटरमध्ये करिब साढे २० किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको हो । चिचिला गाउँपालिकाको कुँवापानीमा रहेको ‘ट्रिटमेन्ट प्लान्ट’बाट पानी प्रवाह सुरु गर्दै सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)