नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र
barnanmedia.com · Sat Aug 29 07:07:13 GMT 2026

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले भीषण बाढीका कारण प्रभावित भएको नेपाललाई तत्काल सहयोग गर्न आग्रह गरेका छन् । नेपालमा बुधबार आएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खर्गेले भारतीय राष्ट्रिय आपदा मोचन बलको टोली पठाएर उद्धार तथा राहत कार्यमा नेपाल सरकारलाई सहयोग गर्न भारत सरकारसँग आग्रह गरेका हुन् ।
भारत र नेपालका जनताबिच गहिरो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले यस कठिन समयमा भारत नेपालको पक्षमा दृढताका साथ उभिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)