विपदमा बालेन सरकारको सक्रियताले जनतामा जागेको विश्वास र भरोसा
barnanmedia.com · Sat Aug 29 06:59:44 GMT 2026

इमानदार र निष्कलंक नेतृत्व भयो भने देशमा कति ठूलो फरक पर्दोरहेछ भन्ने कुरा अहिले प्रधानमन्त्री राहत कोषमा जम्मा भइरहेको सहयोगले प्रमाणित गरिरहेको छ । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । ५ सयभन्दा बढी शव भेटिएका छन् भने १९ सय बढी बेपत्ता छन् । सिंगो परिवार र बस्ती नै उजाडिएका छन् ।
बाढीले घर, पुल, सडक र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाँचेका सयौँ परिवारका सदस्य ओत लाग्ने त परै जाओस्, खुट्टा टेक्ने र फर्केर हेर्ने ठाउँ समेत बाँकी छैन । जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका बीच नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय तहका टोलीहरू निरन्तर खोज तथा उद्धारमा खटिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)