भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
ratopati.com · Thu Jul 16 10:04:39 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने निर्णय गरेसँगै साउन १ गतेदेखि त्यस्ता अस्पतालमा उपचार सेवा थप महँगो हुने भएको छ । तीन प्रतिशत स्वास्थ्य समता शुल्क कार्यान्वयनमा आए निजी अस्पताल, ल्याब, नर्सिङ होम, पोलिक्लिनिक, निजी मेडिकल कलेजको सेवा थप महँगो हुने भएको हो । यसको प्रत्यक्ष मारमा बिरामी पर्छन् ।
नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ को १७ नम्बर बुँदामा भनिएको छ, ‘स्वास्थ्य समता शुल्क निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा अनुसूची–८ बमोजिम स्वास्थ्य समता शुल्क लगाई असुल उपर गरिने छ । यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)