सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
gorkhapatraonline.com · Mon Jun 01 04:53:22 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।
आज बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सभामा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुहुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)