प्रधानमन्त्रीको नयाँ राजनीतिक रणनीति : दलहरूसँग प्रत्यक्ष संवादको सुरुआत, पहिलो भेटमा राजेन्द्र लिङ्देन
barnanmedia.com · Thu Jul 16 09:55:38 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद बढाउने रणनीति अघि सारेका छन्। त्यसको सुरुआत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटबाट भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)