प्रधानमन्त्री बालेनलाई भेटेर आङ्देम्बेले बुझाए नौबुँदे ध्यानाकर्षणपत्र
baahrakhari.com · Sat Aug 29 07:12:17 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका छन् । शनिबार (भदौ १२) बिहान ११ देखि साढे ११ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि आङ्देम्बेले उद्धार र राहतका निम्ति प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)