बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
ratopati.com · Thu Jul 16 10:46:40 GMT 2026

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ त १६०० नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्र्याक्टर चालक कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ हाल भीमदत्त नगरपालिका निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)