‘बिजुलीको करमा ‘आकाश खसेजस्तो’ प्रचार भयो’: अर्थमन्त्री वाग्ले
kalakarmi.com · Mon Jun 01 05:46:40 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् ।
सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए । उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए । अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)