विद्युत् महसुलमा लगाइएको करको बचाउ गर्दै अर्थमन्त्री वाग्ले भन्छन्- ‘२४ रुपैयाँ भ्याट तिर्दा आकाश खस्दैन’
ajakoartha.com · Mon Jun 01 05:54:00 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई लिएर अनावश्यक रूपमा अतिरञ्जित प्रचार गरिएको बताएका छन्। उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको दाबी गर्दै ‘आकाश नै खसेजस्तो’ वातावरण सिर्जना गरिएको टिप्पणी गरे।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन र साहसी निर्णयहरू गरेको बताए। उनका अनुसार ५० युनिटसम्मको विद्युत् निःशुल्क रहेको र त्यसपछि लाग्ने करको भार सामान्य उपभोक्ताका लागि ठूलो नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)