ब्राजिली आयातमा अमेरिकी कर लागू
ajakoartha.com · Thu Jul 16 11:23:00 GMT 2026

काठमाडौं- अमेरिकाले ब्राजिलले अनुचित व्यापार अभ्यास गरेको निष्कर्ष निकाल्दै जुलाई २२ देखि ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लागू गर्ने घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धानपछि यस्तो निर्णय गरिएको जनाएको हो ।
अमेरिकाका अनुसार नयाँ शुल्क विश्वको दशौँ ठूलो अर्थतन्त्र ब्राजिलसँगका व्यापारिक असन्तुलन र अनुचित अभ्यासलाई सम्बोधन गर्ने उद्देश्यले लागू गरिएको हो । यद्यपि, अमेरिकी उत्पादन र आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पर्न सक्ने केही वस्तुलाई भने शुल्कबाट छुट दिइएको छ । छुट पाउने वस्तुमा कफी, गाईको मासु, सुन्तला, सुन्तलाको रस, केही तेल तथा ग्यासजन्य ऊर्जा उत्पादन, साथै एयरोस्पेस उद्योगमा प्रयोग हुने पार्टपुर्जा समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)