कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
annapurnapost.com · Thu Jul 16 11:29:31 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिहीबार प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११ जना सांसद र सत्तारुढ नेपाली कांग्रेसका ५ जना सांसद गरी कुल १६ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाएको दाबी गर्दै यो प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)