चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै
khabarhub.com · Sat Aug 29 07:15:43 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत तथा उद्धार सामग्रीसहित सहयोग उपलब्ध गराउने भएको छ। चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहायता समेत दिने जनाएको छ।
चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत बाढी तथा विपद् प्रभावितका लागि आवश्यक अत्यावश्यक राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ। विमानमार्फत आपत्कालीन उद्धार तथा राहतमा प्रयोग हुने सामग्री काठमाडौं ल्याइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)