सेनाको हेलिकप्टरबाट आज ७ जना विदेशीसहित ४४ जनाको उद्धार
annapurnapost.com · Sat Aug 29 07:17:04 GMT 2026

काठमाडौं : नेपाली सेनाको हेलिकप्टरबाट आज विदेशी नागरिक ७ जना विदेशीसहित ४४ जनाको उद्धार भएको छ। रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा आज दिउँसोसम्म ४ जना चिनियाँ र ३ भारतीयसहित ४४ जनाको उद्धार भएको सेनाले जनाएको छ।
त्रिशूली-३ हाइड्रो पावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायतका सामग्रीको प्रयोग गरी टनेलको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)