कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
baahrakhari.com · Thu Jul 16 11:46:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभाका १६ जना सदस्यले बिहीबार प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा १८८(४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५२ (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाइसकेको उल्लेख गर्दै उनलाई पदबाट हटाउन माग गरिएको छ । साथै, नेपालको संविधानको धारा १८८ (५) बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)