गहवामाई मन्दिरको चौथो रथयात्रा, उर्लियो जनसागर
kendrabindu.com · Thu Jul 16 11:53:43 GMT 2026

रौतहट । पर्साको वीरगञ्जमा रहेको ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो वार्षिक रथयात्रा बिहीबार श्रद्धा, भक्ति र अभूतपूर्व उत्साहका साथ सम्पन्न भएको छ।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो रथयात्राले यस वर्ष पनि आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वीरगञ्ज सहरलाई धार्मिक र सांस्कृतिक उत्सवको केन्द्र बनाएको छ। रथयात्रामा पर्सा, बारा, रौतहट तथा छिमेकी मित्रराष्ट्र भारतको विहार क्षेत्रबाट समेत उल्लेखनीय संख्यामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)